अब ६८ वर्षमै वृद्धभत्ता पाइने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले ६८ वर्ष पूरा भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) प्रदान गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा त्यस्तो व्यवस्था गरिएको हो । हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले मात्र सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् । 
सरकारले वृद्धभत्ता लिन नचाहने नागरिकले स्वघोषणा गर्न सक्ने र त्यस्ता नागरिकलाई सम्मान गर्ने व्यवस्था पनि गरेको छ । 

सुझावित समाचार