गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माण सम्पन्न गरिने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले चितवनको भरतपुरमा निर्माण रोकिएको गौतमबुद्ध क्रिक्रेट रंगशालाको अधुरो निर्माण कार्य सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७९-८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा चितवनमा निमार्णाधीन गौतमबुद्ध क्रिक्रेट रंगशालाको अधुरो निर्माण कार्य  पूरा गरिने बताए । 

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको थियो । फाउन्डेसनले सो रंगशालाको निर्माण कार्य सम्पन्न गर्नका लागि भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो। 

See More On

सुझावित समाचार