सरकारले देशभरका ६ सय ५५ वटा निर्माणधीन अस्पतालको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। आइतबार संसदमा आगामी वर्षको बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्मालले निर्माणाधीन अवस्थामा रहेका अस्पतालको लागि उक्त बजेट विनियोजन भएको बताएका हुन्।
त्यस्तै डायलासिस मेसिन खरिदका लागि २० करोड रकम विनियोजन गरिएको छ। त्यस्तै देशभरका स्वास्थ्य संस्थाहरूबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण, डायलासिस मेसिन खरिद, क्यान्सर तथा अन्य गम्भीर रोगका बिरामीलाई मासिक पाँच हजार दिनको लागि १ अब ५० करोड बजेट छुट्याइएको छ।
यसबाहेक सुरक्षित मातृत्व तथा शिशु स्याहार र आमा सुरक्षा कार्यक्रमको लागि पनि बजेट विनियोजन भएको छ।