राेशीका ज्येष्ठ नागरिककाे निःशुल्क स्वास्थ बिमा गर्ने लामाको पहिलो निर्णय

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण

काभ्रे जिल्लाको रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामाले पदभार ग्रहण गरेका छन्। सोमबार पदभार ग्रहणपश्चात् उनले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरेका छन्।

रोशी गाउँपालिकाभित्र रहेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकालाई निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष लामाले जनकारी दिए। रोशीमा तीन हजार दुई सयभन्दा बढी ज्येष्ठ नगारिकहरू छन्। उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क बिमा गर्ने पहिलो निर्णय गरिएको अध्यक्ष लामाले बताए।

सुझावित समाचार