रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन्। निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक सुरक्षाकर्मी खटिएका हुन्।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ नेपाल प्रहरी, दुई सय ८८ म्यादी प्रहरी र दुई सय १९ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ मतदानस्थल र ५१ मतदान केन्द्र तोकिएको छ। सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्नेलगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए।
 

सुझावित समाचार