नेपाललाई एकदिवसीय सिरिज जिम्बावे ६ विकेटले पराजित

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण
नेपाललाई एकदिवसीय सिरिज जिम्बावे ६ विकेटले पराजित

जिम्बावेविरुद्धको एकदिवसीय सिरिज जितेपछि नेपाली राष्ट्रिय टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

दायाँहाते युवा फास्ट बलर किशोर महतोले लिस्ट ए डेब्यु खेलमै पाँच विकेट लिएपछि नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले हराएको छ । जितसँगै नेपालले सिरिज २–१ ले हात पारेको छ ।पहिलो खेलमा जिम्बावे तीन विकेट तथा दोस्रो खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो । सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम खेल ३३ ओभरको थियो । आइतबार राति भारी वर्षा भएपछि पूरै ५० ओभर खेल खेलाउन नसक्ने भएपछि अम्पायरहरूले खेल ३३ ओभरमा छोट्याएका थिए ।

 पहिलो ब्याटिङ गरेको जिम्बावेले पूरै ३३ ओभर खेल्न सकेन । जिम्बावेको पूरै टोली ३२.१ ओभरमा दुई सय १३ रनमा आउट भएको थियो । नेपाललाई सिरिज हात पार्न प्रतिओभर ६.६२ रन आवश्यक थियो । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दा नेपालले ३०.१ ओभरमा चार विकेट गुमाएर जित निकाल्यो । 

 उत्कृष्ट साझेदारी
कुशलले ६१ बलको सामना गरी सात चौका र चार छक्काको सहयोगमा सर्वाधिक ८४ रनको योगदान दिए । यसैगरी मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंहले केवल ४३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६० रन बनाए । नेपालको जितमा पहिलो, दोस्रो तथा पाँचौँ विकेटका लागि उत्कृष्ट साझेदारी भएको थियो । ओपनरद्वय कुशल र आसिफ सेखले पहिलो विकेटका लागि १२.१ ओभरमा ७३ रनको साझेदारी गरेका थिए ।

आसिफले ३७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए ।त्यसपछि कुशलले सुनील धमलासँग दोस्रो विकेट लागि ३३ बलमा ३९ रनको साझेदारी गर्दै नेपाललाई १७.४ ओभरमा ११२–२ को बलियो अवस्थामा पुर्‍याए । कुशललाई राम्रो साथ दिएका सुनीलले १४ बलमा ६ रन मात्र बटुले । नेपालको जितको आधार तयार पारेका कुशल इनिङको २०.३ ओभरमा आउट भए । कुशललाई मुभुताले आउट पारे ।

फर्ममा रहेका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल सामना गरेको पहिलो बलमै आउट भए । माभुताले एकै ओभरमा दुई विकेट लिँदै जिम्बावेलाई खेलमा फर्काउने प्रयास गरे । तर, विनोद भण्डारी र दीपेन्द्रसिंहबीच पाँचौँ विकेटका लागि ५८ बलमा ८४ रनको विस्फोटक साझेदारी भएपछि जिम्बावेको केहीसिप लागेन । यस साझेदारीमा दीपेन्द्रसिंहले ३२ बलमा ५१ रन जोडे । विनोदले २६ बलमा २८ रन बुटले । विनोदले तीन चौका प्रहार गरेका थिए । जिम्बावेको बलिङमा ब्रान्डोन मुभाताले ४६ रन खर्चेर तीन विकेट लिए । नेपालले सय रन १६.१ ओभर र एक सय ५० रन २३.२ ओभरमा पूरा गरेको थियो । नेपालले स्कोर बोर्डमा दुई सय रन २८.४ ओभरमा कटाएको थियो । 

नेपालको जितमा पहिलो, दोस्रो तथा पाँचौँ विकेटका लागि उत्कृष्ट साझेदारी भएको थियो । ओपनरद्वय कुशल र आसिफ सेखले पहिलो विकेटका लागि १२.१ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । आसिफले ३७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए । 

 मारुमानीको अर्धसतकीय इनिङ
पहिलो ब्याटिङ गरेको जिम्बावेले निरन्तर विकेट गुमाए पनि स्कोर बोर्डमा रनरेट भने उकासेको थियो । इनिङको कुनै पनि समयमा जिम्बावेले प्रतिओभर ६ रनभन्दा तल आउन दिएन । विकेट किपर मुरुमानीले ३१ बलमा सात चौका र दुई छक्का प्रहार गरी ५० रनको विस्फोटक इनिङ खेले ।  माउन्जेले ३४ बलमा चार चौका र दुई छक्का प्रहार गरी ३९ रन बनाए । रोय कैआले ४८ बलमा ३६ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरे । कप्तान टोनीले १२ बलमा समान दुई चौका र छक्का प्रहार गरी २४ रन बटुले । जिम्बावेको ब्याटिङ इनिङमा पहिलो विकेटका लागि ४० रन, दोस्रो विकेटका लागि ४९ रन, पाँचौँमा ३६ रन तथा छैटौँ विकेटका लागि ३१ रनको साझेदारी भएको थियो । नेपालको बलिङ इनिङमा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर एक विकेट लिए । सोमपाल कामीले ४५ रन खर्चेर दुई विकेट हात पारे । 

लिस्ट ‘ए’ डेब्युमै किशोरको पाँच विकेट

नेपाल र जिम्बावे ‘ए’ टोलीबीचको एकदिवसीय सिरिजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त नगरे पनि नेपाली राष्ट्रिय टोलीबाट लिस्ट ‘ए’को डेब्यु पाएका दायाँहाते फास्ट बलर किशोरले अविस्मरणीय बलिङ गरे । उनले केवल सात ओभरमा ४३ रन खर्चेर पाँच विकेट लिए । उनी एपिएफ क्लबमा आबद्ध छन् । कप्तान सन्दीप लामिछानेले तेस्रो क्रममा बलिङ गर्न लगाएका किशोरले आफ्नो स्पेलमा एक मेडनसमेत राखे । इनिङको ४.२ ओभरमा नेपाललाई पहिलो सफलता दिलाउने क्रममा किशोरले जिम्बावेका ओपनर इनोसेन्ट कैआलाई आसिफ सेखबाट क्याच आउट गराए ।

पहिलो विकेट लिएपछि किशोरले दोस्रो विकेट हात पार्न प्रतीक्षा गर्नुपरेको थियो । इनिङको १३.४ ओभरमा उनले माउन्जेलाई आसिफबाट क्याच आउट पारे । २२.२ ओभरमा उनले सेफास जुवाओलाई क्याच आउट गरे । करणले सेफासको सहज क्याच लिए । २६.३ ओभरमा जिम्बावेका कप्तान मुन्योन्गालाई कुशलबाट क्याच आउट गराए । ३१.६ ओभरमा माभुतालाई एलबिडब्लुको धरापमा राख्दै किशोरले लिस्ट ‘ए’को डेब्यु खेलमा पाँच विकेटको प्रदर्शन गरे । यसै प्रदर्शनका आधारमा उनी अन्तिम खेलकै ‘म्यान अफ दी म्याच’ भए ।

करण म्यान अफ दी सिरिजनेपालले जिम्बावेविरुद्धको तीन एकदिवसीय खेलको सिरिज हात पार्न करण केसीले अलराउन्डर प्रदर्शन गरे । यही प्रदर्शनका आधारमा उनी म्यान अफ दी सिरिज बने । उनले प्रतियोगितामा २५ रन बनाउनुका साथै ६ विकेट लिए । सोमबारको अन्तिम खेलमा पनि उनले दुई क्याच लिए । करणले पहिलो एकदिवसीय खेलमा १७ रन खर्चेर तीन विकेट लिएका थिए । दोस्रो खेलमा करणले ३० रन खर्चेर दुई विकेट हात पारे । सो खेलमा उनले २५ रनसमेत बनाएका थिए । 

सुझावित समाचार