रवीन्द्रनाथ टैगोरको १६१औँ जन्मजयन्ती

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको आयोजनामा भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा साहित्यकार रवीन्द्रनाथ टैगोरको १६१औँ जन्मजयन्ती मनाइएको छ । टैगोरले भारतीय राष्ट्रिय गानका रचयिता हुन् । 

कार्यक्रममा दूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीनकुमारले टैगोरको प्रतिभाको चर्चा गरेका थिए । उनले आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न विद्यार्थीसहित सबैमा आग्रह गरे । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरूले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए । 

कार्यक्रममा केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले टैगोरको रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासु गौतमले “शान्ति निकेतनः शिक्षामा टैगोरको विचार” शीर्षकमा अन्तर्क्रियात्मक प्रस्तुतीकरण दिएको दूतावासले जनाएको छ ।

कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरू, विद्यालयका बालबालिकाहरू, भारतीय डायस्पोराका सदस्यहरूलगायत सहभागी थिए ।

सुझावित समाचार