चुनावी प्रचारमा हिँडेका युवकको गाडीको छतबाट खसेर मृत्यु

शनिबार, २४ बैशाख, २०७९
डिजिटल संस्करण

सल्यानमा चुनावी प्रचारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–२ दानीगौरानिवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपाली कांग्रेसबाट कालिमाटी–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि तुलसीपुर लैजाँदै गरेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

See More On

सुझावित समाचार