मकैबारीमा बाँदर कुरुवा राखेजस्तो भयो ओलीलाई देशको जिम्मा : राजेन्द्रप्रसाद श्रेष्ठ

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीलाई देशको नेतृत्व दिनु मकैबारीमा बाँदरलाई कुरुवा राखेजस्तो भएको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंको शान्तिबाटिकामा आयोजित सत्तागठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता उखान–टुक्का र हास्य–व्यंग्यकारजस्तो नभई राजनेता हुनुपर्ने भन्दै उनले केपी ओलीहरू जस्ताको अयोग्यताका कारण मुलुकले समस्या भोगिरहेको बताए। ‘स्थानीय तहको निर्वाचनमा पनि केपी ओलीको पार्टीलाई बहुमत दिएकै हुन्। लोकतन्त्र बचाउला, गणतन्त्रको संस्थागत विकास गर्ला भन्ने थियो– जनताले दानापानी र चारो दिए। तर, थारो गाई परेपछि दाना दिएर हुन्छ त ? अनि केपी ओलीबाट कसरी बच्छ त ? मकैबारीमा बाँदर कुरुवा राखेजस्तो भयो, केपी ओलीले संविधान खाए,’ उनले भने।

सुझावित समाचार