विराटनगरमा कांग्रेसको एकल चुनावी सभा, नेताहरूले मागे गठबन्धनलाई मत

बिहिबार, २२ बैशाख, २०७९
डिजिटल संस्करण

कांग्रेसले पाँचदलीय गठबन्धनमा आबद्ध अन्य दललाई सहभागी नगरी बुधबार विराटनगरमा प्रदेशस्तरीय एकल चुनावी सभा गरेको छ । प्रदेश १ को राजधानीमा भएको सभामा कांग्रेस मोरङले गठबन्धनका अन्य दललाई आमन्त्रण नै गरेन । गठबन्धन दलमा आबद्ध जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादव पनि ढिलो गरी सभामा सहभागी भएका थिए 

कांग्रेसले साथ दिन्छ, तर धोका दिँदैन भन्ने प्रमाणित गरेर देखाउनुपर्छ : देउवा
अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि देशको आवश्यकता हो । यसको लक्ष्य लोकतन्त्रलाई सुदृढ बनाउने हो । यसमा कसैले पनि तलमाथि नगर्नुहोला । कांग्रेसले साथ दिन्छ, तर धोका दिँदैन भन्ने प्रमाणित गरेर देखाउनुपर्छ । यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव हुनुहुन्छ । दुवैजना पढे–लेखेका युवा हुन् । उहाँहरूलाई भोट माग्न म आएको हुँ । एमालेको दम्भ र घमन्ड परास्त गर्न गठबन्धनका उम्मेदवारले जित्नैपर्छ । 

सुझावित समाचार