यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध गर्ने १० जना पक्राउ

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१४ तिखेदेवल बस्ने ३४ वर्षीय सुजन बुढाथोकी, ललितपुर बस्ने दोलखा, दोलखा गाउँपालिका–७ घर भएका ३४ वर्षीय विवेक थापा, ललितपुर बस्ने धनुषा बटेश्वर घर भएका ३५ वर्षीया दुनियाबहादुर राउत, ललितपुर इमाडोल बस्ने काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर महानगरपालिका–१४ बाडेगाउँ घर भएका ३९ वर्षीय सुनील बज्राचार्य, ललितपुर महानगरपालिका–१० पाटनढोका घर भएका ३६ वर्षीय महेश सुवेदी, ललितपुर भैँसेपाटी बस्ने रामेछाप लखनपुर घर भएका २६ वर्षीय शिव दर्जी, एकान्तकुना बस्ने ललितपुर गोदावारी नगरपालिका–१३ घर भएका २६ वर्षीय राजेश सुनुवार, ललितपुर कुसुन्ती बस्ने बारा निजगढ नगरपालिका घर भएका २४ वर्षीय रोशन घिमिरे र ललितपुर बस्ने काभ्रे शिखर अंबोटे घर भएका ३३ वर्षीय कमल लामा रहेका छन् ।

विगत लामो समयदेखि उक्त कार्यालय परिसर तथा बाहिरसमेत अनधिकृत रूपमा मानिसहरू भेला भई कार्यालयमा आफ्नो व्यक्तिगत कामका लागि आउने सेवाग्राहीहरूलाई अनावश्यक रूपमा झन्झटमा पारी कार्यालयको काममा समेत वाधा अवरोध पुर्याउने, सेवा लिन अवरोध गर्ने, अभद्र व्यवहार गर्ने कार्य गरेको भन्ने जनगुनासो प्राप्त भएकोमा सो कार्यालय वरपर सार्वजनिक सडक बाटोमा हुलमा बसेर सर्वसाधारणलाई कार्यालयबाट प्राप्त गर्ने सेवाहरू प्राप्त गर्न अवरोध गर्ने तथा अभद्र व्यवहार गर्ने कार्यमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई उनीहरू उपर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार