मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ।  मंगलबार श्रेष्ठको ७२औँ जन्मदिनको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। 

गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन्। बिरामीका कारण स्मरणशक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ। सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाईंले छायांकन र सम्पादन गरेका हुन्। गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन्। 

भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकारभन्दा धेरै गायक भनेको मन पराउने बताए।

सुझावित समाचार