शिक्षक सेवा आयोग : मावि तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा प्रकाशित

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले गत चैत १५ गते सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।

सामान्य परीक्षामा उत्तीर्ण परीक्षार्थीको विषयगत परीक्षा आगामी असार ९ गते हुने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले एक हजार पाँच सय ४७ दरबन्द पूर्ति गर्नका लागि सामान्य परीक्षा सञ्चालन गरेको थियो । 

सुझावित समाचार