गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्कियो

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो बुद्ध एयरको जहाजको टायर पड्किएको छ। भैरहवाबाट काठमाडौं उड्न लागेको बेला रनवेमा गुड्दै गरेको अवस्थामा जहाजको टायर पड्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

टायर पड्किएपछि विमानमा रहेका यात्रुहरू रनवेको बीचमै उत्रिएका थिए। जहाजमा दुई बालबालिकासहित ७० यात्रु रहेको बताइएको छ। भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाजको टायर पन्चर भएको हो। धावनमार्गमा रोकिएको जहाजलाई अहिले धावनमार्गबाहिर लैजाने तयारी भइरहेको छ।

सुझावित समाचार