निर्मला घिसिङको ‘पिंगाई माया’ सार्वजनिक

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

निर्मला घिसिङको स्वरमा ‘पिंगाई माया’ बोलको तामाङसेलो सार्वजनिक भएको छ। तामाङसेलो र जनवादी गीतमा चर्चित निर्मलाले दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्।

अजय स्याङ्तानले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता बुद्धि तामाङ  र मोडल  निरञ्जली लामाको अभिनय देख्न सकिन्छ। गीतको शब्द गायिका घिसिङ स्वयंले लेखेकी हुन्। गीतमा अनिश योञ्जन (च्याङ्बा)ले गायिका घिसिङलाई साथ दिएका छन्। गीतमा संगीत पनि योञ्जन आफैँले भरेका छन्।

रामछापको सुनपाती गाउँपालिका र काठमाडौंको ह्वाइट गुम्बामा छायांकन गरिएको म्युजिक भिडियोमा कथा राजु स्याङ्तानले रचेका छन्। गीतको भिडियोमा लोकमार्गमा काम गर्ने मजदुरको कथा समेटिएको छ । गायिका घिसिङका अनुसार ‘पिंगाई माया’ भनेको तामाङ समुदायमा छोरीलाई माया गरेर बोलाउने नाम हो। उनी भन्छिन्, ‘तामाङ समुदायमा छोरी मान्छेलाई माया गरेर अर्काे नाम पनि दिने चलन छ । त्यसैमध्येको एउटा नाम पिंगाई माया हो। त्यसैले गीतमा छोरी मान्छेको दृष्टिकोणबाट भावना व्यक्त गर्न खोजिएको छ।’

सुझावित समाचार