‘सेल्फ पोट्रेट’ सार्वजनिक

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

कवि तथा साहित्यकार रिता अधिकारी ‘ऋतु’को कविता संग्रह ‘सेल्फ पोट्रेट’ सार्वजनिक भएको छ ।  ‘ऋतु’ले संग्रहमा तीन दशक लगाएर तयार पारेका कविता समावेश गरेकी छिन् । पोखरामा शनिबार पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा कविता संग्रह लोकार्पण गरिएको हो ।

संग्रहको लोकार्पण नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका नाटककार एवं साहित्यकार सरुभक्त, कवि तीर्थ श्रेष्ठ, कवि रमेश श्रेष्ठ, गायिका हरिदेवी कोइराला, परिवारका अध्यक्ष मोती भुजेललगायतले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा सरुभक्तले कवि अधिकारी समकालीन पोखरेली कविताका एक उदीयमान र प्रतिभा सम्पन्न कवि भएको बताए । ५० कै दशकदेखि कविका रूपमा अधिकारीलाई सुनेको स्मरण गर्दै गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबी भएको बताए । 

कवि तीर्थ श्रेष्ठले कविता कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनुपर्ने बताए । सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो, तथापि सहजकर्म भने हुँदै होइन भन्ने भनाइ राखेका थिए । कवि रमेश श्रेष्ठले अधिकारीलाई आफँैले आफँैलाई कोर्न सक्ने कलाकारका रूपमा देखेको बताए । गायिका हरिदेवी कोइरालाले कवि अधिकारीलाई आफूले सरल, सबै कुरा बुझ्ने आमाजस्तै लागेको बताइन् । स्रष्टा ऋतुले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेका अनुभूतिलाई फेरि–फेरि पनि कविताकर्ममा उतार्ने बताइन् । 

See More On

सुझावित समाचार