सबिता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुसी दिन‘’को भिडियो सार्वजनिक भएको छ। प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सबिता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिएका छन्। भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पीडा व्यक्त गरिएको छ।
एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेन्ज, रोबट लिम्बू ‘सुब्बा’को रेकर्डिङ, मीन विष्टको मिक्सिङ तथा मास्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क) को पाश्र्व संगीत रहेको छ।
ह्वाइट साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायांकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ। ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोस्ट प्रोडक्सनमा कोचे मल्टिमिडियाले गरेको हो। सबिता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुन्। उनी सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुन्।