फिलिपिन्समा उष्णकटिबन्धीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या दुई सय २४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी)ले जनाएको छ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या दुई करोड ८० लाख नाघेको छ। उष्णकटिबन्धीय आँधीमा  एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन्। अप्रिल ९–१२ मा फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधीले बाढी र झन्डै ९० वटा पहिरो निम्त्याएको छ। रासस/एएनआई

सुझावित समाचार