नयाँ वर्षको पूर्वसन्ध्यामा गीतकार खेम प्रसाईंको \'शुभकामना\' गीत सार्वजनिक

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

लामो समयदेखि गीत तथा साहित्य सिर्जनामा सक्रिय खेम प्रसाईंको नयाँ म्युजिक भिडियो 'शुभकामना' सार्वजनिक भएको छ । नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा गीतकार प्रसाईंले समग्र क्षेत्रलाई समेटेर तयार पारिएको म्युजिक भिडियो शुभकामना सार्वजनिक गरेका हुन् । उनको म्युजिक भिडियोमा राजनीति, प्रशासन, बालबालिका, युवालगायत समग्र विषय र पेसालाई सम्बोधन गरिएको छ ।

गायक दीपक लिम्बूको स्वरमा रहेको उक्त गीतमा गायिका बेनिसा पौडेलले पनि स्वर भरेकी छिन् । गीतकार खेम प्रसाईंको शब्द सिर्जना रहेको उक्त गीतमा महेश खड्काले संगीत भरेका हुन्। 

महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा सर्जक प्रसाईं आफैँले पनि अभिनय गरेका छन् । प्रसाईंको उक्त म्युजिक भिडियो मीनांक्षी कोइरालाले निर्देशन गरेकी हुन् ।

म्युजिक भिडियोमा गीतकार प्रसाईंसहित संगीतकार महेश खड्का, रुक्साना लिम्बूलगायत कलाकारको अभिनय छ ।

सुझावित समाचार