नेप्से परिसूचक ४६ अंकले घट्यो

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण

मंगलबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। नेप्से सूचक ४६.४६ अंकले घटेर दुई हजार ४५२.०६ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ८.३४, फ्लोट इन्डेक्स २.८८ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२५ अंकले गिरावट भएको छ।

मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँमा खरिद बिक्री भएको छ। नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबारको दिन डेढ अर्बको कारोबार भएको थियो।  

नेप्सेका १३ उपसमूहमा होटेल उपसमूहबाहेक अन्य १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। भर्खरै बजारमा सूचीकृत भएको नेस्डाे लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। जाल्पा लघुवित्त र युनिलिभर नेपालको सेयरमूल्य पनि ३ प्रतिशतभन्दा बढीले बढेको छ। तर, इमर्जिङ नेपालको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत, युनाइटेड इदी मार्दी ६.०१ प्रतिशतले घटेको छ।

कारोबारको हिसाबमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ६७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। नबिल बैंकको ८ करोड ५९ लाख, नेपाल लाइफको ८ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

See More On

सुझावित समाचार