ह्वावेले गत वर्षभरि स्थिर सञ्चालन कायम राखेको जनाएको छ। आफ्नो २०२१ वार्षिक प्रतिवेदन जारी गर्दै कम्पनीले यस्तो बताएको हो।
प्रतिवेदनअनुसार ह्वावेले २०२१ मा ६३६.८ बिलियन राजस्व हासिल गरेको छ र ११३.७ बिलियन नेट प्रोफिट हासिल गरेको छ। जुन वार्षिक ७५.९५ ले बढेको छ। २०२१ मा कम्पनीको आर एन्ड डी खर्च १४२.७ बिलियन पुगेको छ जसले यसको कुल राजस्वको २२.४% प्रतिनिधित्व गर्दछ र विगत १० वर्षमा यसको कुल आर एन्ड डी खर्च ८४५ बिलियनभन्दा बढी भएको जनाएको छ।
त्यसैगरी कम्पनीले आर एन्ड डीमा निरन्तर लगानी बढाउने योजना पनि बनाएको छ। ‘समग्रमा, हाम्रो कार्यसम्पादन पूर्वानुमानअनुरूप थियो। हाम्रो क्यारियर व्यवसाय स्थिर रह्यो, हाम्रो इन्टरप्राइज व्यवसायले स्थिर वृद्धि हासिल गर्यो र हाम्रो उपभोक्ता व्यवसाय चाँडै नै नयाँ डोमेनहरूमा विस्तार भयो,’ ह्वावेका रोटेटिंग अध्यक्ष गुओ पिङले प्रेस सम्मेलनमा भने, ‘हामी इकोसिस्टम विकासको फास्टट्रयाकमा लागेका छौँ।‘
ह्वावेकी सिएफओ मेँग वान्जोउले २०२१ मा राजस्वमा कमी आए पनि नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने क्षमता बढ्दै गइरहेको बताइन्। यसका प्रमुख व्यवसायहरूको बढेको नाफाका कारण सञ्चालन गतिविधिहरूबाट कम्पनीको नगद प्रवाह २०२१ मा ५९.७ बिलियनले अदभूत रूपमा बढेको छ। यसको लायबिलिटी रेसियो पनि ५७.८% मा झरेको छ र यसको समग्र वित्तीय संरचना थप बलियो र लचिलो भएको छ।
२०२१ मा ह्वावेको क्यारियर व्यवसायले २८१.५ बिलियन राजस्व उत्पन्न गरेको थियो र विश्वभरका क्यारियरहरूलाई अग्रणी फाइभ जी नेटवर्कहरू प्रयोग गर्न मद्दत गरेको छ।
सन् १९८७ मा स्थापित ह्वावेको स्थापना भएको थियो। सूचना र सञ्चार प्रविधि पूर्वाधार र स्मार्ट उपकरणहरू यसले उत्पादन गर्दै आइरहेको छ। ह्वावेमा विश्वभर १ लाख ९५ हजार कर्मचारीहरू कार्यरत छन्। १७० भन्दा बढी देश र क्षेत्रहरूमा यसले काम गर्दै आइरहेको छ।