थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, ८६ जना संक्रमित निको भए

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ४७१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनामा पिसिआर परीक्षण गर्दा ३० जना र एक हजार एक सय ४९ जनामा एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा मृत्यु संख्या भने शून्य रहेको छ। यस्तै८६ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार एक सय ९८ रहेको छ। 
 

See More On

सुझावित समाचार