वीर अस्पतालमा रगतजन्य आनुवंशिक रोगको निःशुल्क उपचार हुने

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवंशिक रोगको उपचार सेवा सुरु गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य आनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवा सुरु गरेको हो।

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरूको उपचार निःशुल्क सेवा सुरु भएको बताए। उनले अबका दिनमा अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए।

त्यस्तै, रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. नीरजकुमार सिंहले नेपालमै पहिलोपटक रगतजन्य आनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको बताए। उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार गर्ने र यो रोगसम्बन्धी आधारभूत परीक्षण पनि निःशुल्क हुने बताए।

सुझावित समाचार