लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । 

स्पेसल गार्ड युनिट (शान्ति सेना) तेस्राे डफ्फालाई बदली गर्न स्पेसल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको अन्तिम फ्लाइटमा सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ जना नेपाली शान्ति सैनिक काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।

युएन मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

सुझावित समाचार