पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चार हजार ५४३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट एक हजार ९९३ र एन्टिजेन विधिबाट दुई हजार ५५० जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ८ र ९ जना संक्रमित थपिएका हुन्।
यस अवधिमा ४०९ जना संक्रमणमुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या तीन हजार ५९५ मा झरेको छ। आज शनिबार आठ हजार ७२९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा कुनै पनि व्यक्तिले संक्रमणका कारण ज्यान गुमाउनुपरेन।