३९२ जना संक्रमणमुक्त हुँदा ५१ संक्रमित थपिए

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पाँच हजार नाै सय १४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १२ र एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा तीन सय ९२ जना संक्रमणमुक्त हुँदा मृत्यु हुनेको संख्या शून्य रहेको छ। आज शुक्रबार देशभर २९ हजार तीन सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा तीन हजार नाै सय ९६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार