ब्रोकर डाटा सेन्टरमा प्राविधिक समस्या आउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले केही समयका लागि कारोबार रोक्का गरेको छ। मध्याह्नदेखि नै ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि बजार कारोबार केही समयका लागि रोकिएको नेप्सेले जनाएको छ।
ब्रोकर डाटामा समस्या देखिएपछि मध्याह्नदेखि नै लगानीकर्ताहरूले सेयर कारोबार गर्न पाएका छैनन्। ब्रोकरको डाटाहबमा अझै समस्या कायमै रहेको र कारोबार अवधि लम्बाइने वा नलम्बाइने अहिले नै निर्णय हुन नसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए।
आज सुरुवातदेखि नै ब्रोकरहरूको सर्भरमा समस्या आएको हो। सर्भर कारोबार समयावधिभर जाने–आउने भइरहेको लगानीकर्ता नयन बाँस्तोलाले बताए।