पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आठ हजार नाै सय ८१ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ६ सय सातजनामा पिसिआर परीक्षण गर्दा ६२ जना र दुई हजार तीन सय ७४ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो।
सो अवधिमा एक सय ८९ संक्रमित निको भएका छन् भने थप एक संक्रमितको ज्यान गएको छ। आज एक लाख २६ हजार एक सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। हाल देशभर पाँच हजार दुई सय १२ सक्रिय संक्रमित रहेका छन्।