पछिल्लो २४ घन्टामा नेपालमा थप एक सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार तीन सय २८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार पिसिआर विधिबाट ७७ र एन्टिजेन विधिबाट ३५ जनामा संक्रमण देखिएको हो।
यस अवधिमा चार सय २९ जना संक्रमणमुक्त हुँदा मृत्यु हुनेको संख्या शून्य छ। आज बिहीबार देशभर एक लाख २९ हजार दुई सय ८५ जनाले कोरोराविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार अब नेपालमा पाँच हजार तीन सय ४० सक्रिय संक्रमित रहेका छन्।