सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ रहेको छ।
यो अहिलेसम्मकै उच्च मूल्य हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख तीन हजार कायम भएको थियो। तेजावी सुनको मूल्य एक लाख पाँच हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, बुधबार चाँदीको मूल्य एक हजार चार सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।