पल शाहलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहलाई थप १२ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। उनीमाथि थप अनुसन्धानका लागि अदालतले आइतबार १२ दिनको म्याद थप गरेको हो। 

गत सात दिनदेखि शाह प्रहरी हिरासतमा छन्। उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीले अदालतसँग म्याद थप गर्न माग गरेको थियो। सोहीअनुसार म्याद थप भई अनुसन्धान अघि बढेको तनहुँ प्रहरीले जनाएको छ।
 
बलात्कार आरोपको जाहेरी प्रहरीमा दर्ता भएपछि फागुन १५ गते शाह आफैँ प्रहरीकहाँ पुगेका थिए। उनीमाथि नाबालिकालाई बलात्कार गरेको अभियोग लागेको छ।

सुझावित समाचार