महिन्द्रा केयर फेस्ट आयोजना हुँदै

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

महिन्द्रा फोर ह्विलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले देशभर महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीले २२ देखि २७ फागुनसम्म ४५–प्वाइन्ट चेकअप क्याम्प आयोजना गर्न लागेको हो । 

क्याम्पमा फ्री लेबर चार्ज​, फ्री हेल्थ चेकअप​, लुब्रिकेन्ट्स र स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा एक्सेसरिजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिने कम्पनीले जनाएको छ । महिन्द्राका ग्राहकले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा ग​ई केयर फेस्टमा सहभागी हुन सक्ने जनाइएको छ ।

आफ्ना सेवाग्राहीलाई थप सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमाझैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको जनाएको छ । 

सुझावित समाचार