राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् । ‘राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनतामाझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा. लोहनीले राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै भने ।
कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरिरहेको उनले दाबी छ । राष्ट्रवादी, प्रजातान्त्रिक छवि भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएको उनको भनाइ छ ।
विधान र प्रक्रियाले दिएको शक्तिबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए । लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न आग्रह गरे । ‘वातावरण हाम्रो पक्षमा छ,’ उनले भने ।