रिद्धिसिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इन्जिनियरिङ सुझाबलगायत प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले चार जिल्लामा कन्ट्र्याक्टर मिट कार्यक्रम गरेको छ । कम्पनीले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा कार्यक्रम गरेको हो ।
कम्पनीले देशका विभिन्न स्थानहरूमा कन्ट्र्याक्टर मिट (ठेकेदार सम्मेलन) सम्पन्न गरिसकेको जनाएको छ । आफ्नो ४३ ग्रेडको ओपिसी सिमेन्टमा केन्द्रित रही कन्ट्र्याक्टर मिट आयोजना गरेको जनाएको छ । निर्माण कार्यमा प्राविधिक रूपमा संलग्न सम्पूर्ण ठेकेदारलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इन्जिनियरिङ सुझाबलगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा पाँच सयभन्दा बढीको संख्यामा ठेकेदारहरूले अन्तक्र्रियाका लागि सहभागिता जनाइसकेको कम्पनीको भनाइ छ । कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गरेर ठेकेदारहरूको हात खाली नजाने आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ । यो उपहार योजना १ फागुनदेखि लागू भइसकेको र ३१ वैशाखसम्म लागू हुने कम्पनीले जनाएको छ । उपहार योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार पाउने जनाइएको छ ।
हात खाली नजाने योजनामा ६ हजार बोरा ओपिसी वा पिएससी सिमेन्ट खरिदमा सिजी ४३ इन्च स्मार्ट एलइडी टिभी वा साओमी ११ लाइट एक थान प्रदान गर्ने जनाइएको छ । त्यस्तै, पाँच हजार बोरा सिमेन्ट खरिदमा सिजी ३२ इन्च स्मार्ट टिभी वा साओमीको रेडमी नोट १० प्रो एक थान दिने उल्लेख छ । दुई हजार पाँच सय बोरा सिमेन्ट खरिदमा साओमी रेडमी नाइन–सी वा बाल्ट्राको फोस्टर ओभन दिने जनाइएको छ ।
एक हजार पाँच सय बोरा सिमेन्टको खरिदमा बाल्ट्रा इन्फ्रारेड इन्डक्सन कुकर वा यासुदा राइस कुकर एक थान पाउने उल्लेख छ । आठ सय बोरा सिमेन्टको खरिदमा एक थान रेनकोट र चार सय बोरा सिमेन्ट खरिदमा हटपट लन्च बक्स एक थान पाइने कम्पनीले जनाएको छ । योजनाको अन्त्यमा गोला प्रथामार्फत पाँचजना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा काठमाडौं–पोखरा भ्रमण प्योकज पनि जित्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।