नेप्से परिसूचक ४३ अंकले घट्यो, सबै उपसमूह राताम्मे

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको  छ। आइतबार ७.७३ अंकले घटेको नेप्से सोमबार ४३.१२ अंकले घटेर दुई हजार ६ सय १०.५८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६.६४ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका दुई सय २७ कम्पनीको ७८ लाख ३४ हजार नाै सय १५ कित्ता सेयर तीन अर्ब ६६ करोड एक लाख ८९ हजार आठ सय ६८ रुपैयाँमा खरिद–बिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा सामान्य वृद्धि भएको छ। आइतबार तीन अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो । 

आज नेप्सेका सबै उपसमूह राताम्मे भएको छ। सबैभन्दा बढी जलविद्युत् उपसमूहको परिसूचक ३.०९ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, वित्त, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

सोमबार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको सेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य साढे आठ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज १६ करोडभन्दा बढीको सेयर कारोबार गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। अरुण भ्याली हाइड्रोपावरको करिब १५ करोडको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको १३ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

सुझावित समाचार