पछिल्लो २४ घन्टामा नेपालमा थप १५५ जनामा कोरोना भाइरस संक्रमण भएको छ। पाँच हजार १५२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट दुई हजार २३९ र एन्टिजेन विधिबाट दुई हजार ९१३ जनामा परीक्षण गर्दा क्रमशः १०१ र ५४ संक्रमित भेटिएका हुन्।
सो अवधिमा ५४० जना संक्रमणमुक्त भएका छन् भने दुईजनाको मृत्यु भएको छ। शनिबार एक लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा आठ हजार ८३९ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ।