थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप तीन सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सात हजार सात सय ४३ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार पाँच सय आठजनामा पिसिआर परीक्षण गर्दा एक सय ५१ जना र दुई हजार दुई सय ३५ जनामा एन्टिजेन परीक्षण गर्दा एक ६७ जनामा  संक्रमण पुष्टि भएको हो।
 
सो अवधिमा पाँच सय ६२ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कराण एकजनाको मृत्यु भएको छ। बिहीबार देशभर एक लाख १५ हजार चार सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या नौ हजार ६ सय ७८ रहेको छ।

सुझावित समाचार