जिपको सोरुम पोखरामा पनि

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

नेपालका लागि अमेरिकन ब्रान्ड जिपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले पोखरामा सोरुम सञ्चालनमा ल्याएको छ । जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने प्रिमियम अटो ग्रुपको दाबी छ । सोरुमको नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उद्घाटन गरे ।

नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको बताए । एमएडब्लू लाइफका सिइओ अनिश लामिछानेले भने, ‘हामीलाई विश्वास छ कि यो डिलरसिपले जिप लाइफमा आबद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ ।’ 

प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा उत्साहित भएको बताए । जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लू लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लैजाने नीति लिएको छ । 

‘जिपले यसै आर्थिक वर्षमा चार ठाउँमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ’ लामिछानेले भने, ‘जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित २४सै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुद जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको छ ।’

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको कम्पनीको दाबी छ । नेपाली बजारमा चार वर्षअघि जिप ब्रान्ड औपचारिक रूपमा भित्रिएको थियो । 

See More On

सुझावित समाचार