बिहीबारको संसद् बैठकमा एमसिसी छलफलका लागि प्रस्तुत हुने

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे छलफल हुने भएको छ। संसद् सचिवालयले बिहीबार १ बजे बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीअनुसार एमसिसीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ।

अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालयको कार्यसूचीमा छ। यसअघि एमसिसी सदनमा टेबुल गर्ने दिन अर्थमन्त्री शर्मा संसदमा अनुपस्थित भएका थिए। आइतबारको बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता पेस गरेका थिए। 

सुझावित समाचार