पछिल्लो २४ घन्टामा नेपालमा दुई सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। नौ हजार आठ सय १५ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा क्रमशः दुई सय २९ र ३३ जनामा संक्रमण पुष्टि भएको हो।
यस अवधिमा चार संक्रमितको मृत्यु भएको छ भने एक हजार तीन सय ३८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार आज ३३ हजार दुई सय ५४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अब नेपालमा १२ हजार दुई सय ४४ सक्रिय संक्रमित रहेका छन्।