पछिल्लो २४ घन्टामा थप चार सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नौ हजार ९१ जनामा नमुना परीक्षण गर्दा चार सय ३७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार एक सय ३३ जनामा पिसिआर गर्दा दुई सय ७५ जना र तीन हजार नौ सय ५८ जनामा एन्टिजेन परीक्षण गर्दा एक सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घन्टामा दुई हजार चार सय ५४ जना संक्रमित निको भएका छन् भने थप दुईजनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ३५ छ।