पछिल्लो २४ घन्टामा थप पाँच सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नौ हजार सात सय ८९ जनामा नमुना परीक्षण गरेकोमा पाँच सय ७० नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार १८ जनामा पिसिआर परीक्षण गर्दा तीन सय ६४ र दुई हजार सात सय ६१ जनामा एन्टिजेन परीक्षण गर्दा दुई सय ६ जनामा संक्रमण पुष्टि भएको छ।
सोही अवधिमा एक हजार नौ सय ९३ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ६ जनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ रहेको छ।