पछिल्लो २४ घन्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन विधिबाट कुल ७ हजार ९५ जनामा परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा १ हजार ८३५ जना निको भएका छन् भने कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ। मंगलबार ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।