पछिल्लो २४ घन्टामा थप सात सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन विधिबाट कुल आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा दुई हजार तीन सय १९ जना संक्रमित निको भएका छन् भने आठजनाको मृत्यु भएको छ। सोमबार देशभर दुई लाख १६ हजार एक सय १८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार सात सय ३९ रहेको छ।