पछिल्लो २४ घन्टामा थप पाँच सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी कुल दश हजार एक सय १५ जनामा नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणदर घट्दो क्रममा देखिएको छ। शनिबार आठ सय ३६ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार त्योभन्दा थोरै संख्यामा नयाँ संक्रमित थपिएका छन्।
गत २४ घन्टामा तीन हजार नाै सय ३५ जना संक्रमित निको भएका छन् भने सोही अवधिमा १० जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार पाँच सय ८४ रहेको छ।