१४ सांसदलाई पदमुक्त गर्नेलगायतका एमालेका मुद्दा लगाउमा राख्ने आदेश

आइतबार, १ फागुन, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले दर्ता गरेकोलगायतका तीन मुद्दालाई एकैसाथ सुनुवाइ (लगाउ)मा राख्ने आदेश गरेको छ। आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले यस्तो आदेश गरेको हो।

एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका १४ सांसदको पद खारेजीसहित तीन रिट निवेदन दर्ता गराएका थिए। भदौ १७ मा सर्वोच्चमा दर्ता भएको मुद्दामा निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइएको छ।

सुझावित समाचार