पछिल्लो २४ घन्टामा थप एक हजार तीन सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार आठ सय ८० जनामा नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्।
सोही अवधिमा दुई हजार दुई सय ३८ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
हाल देशभर २९ हजार चारजना सक्रिय संक्रमित रहेका छन्।