कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु, ३,६३७ नयाँ संक्रमित थपिए

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्। ६ हजार ४९९ जनामा पिसिआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। सोही अवधिमा ७ हजार ५५५ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ।

सुझावित समाचार