भारतमा बनेको निसान म्याग्नाइट नेपालसहित १५ देशमा निर्यात

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

भारतमा उत्पादन भएको निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध छ । निसान म्याग्नाइट ‘मेक इन इन्डिया, मेक फर द वल्र्ड’ नाराका साथ भारतमै उत्पादन गरिएको कम्पनीले जनाएको छ । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयुभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको कम्पनीको दाबी छ ।  

तमिलनाडुको निसानको चेन्नाई प्लान्टमा उत्पादन गरिएको निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो । त्यसपछि भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेको तथा ६ हजार तीन सय ४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको कम्पनीले उल्लेख गरेको छ । निसान ‘नेक्स्ट’ ट्रान्सफर्मेसनअन्तर्गत लन्च गरिएको निसान म्याग्नाइट पहिलो ग्लोबल प्रोडक्ट रहेको कम्पनीको दाबी छ । यसले व्यवसाय र ग्राहकलाई लक्षित गरी हाई डिमान्ड प्रोडक्टमा कम्पनीको ध्यानकेन्द्रित गर्ने नीतिलाई भित्र्याएको जनाएको छ । 

लन्चिङपश्चात् चेन्नाई प्लान्टबाट ४२ हजारभन्दा बढी म्याग्नाइट उत्पादन भएको जनाइएको छ । कोभिड प्यान्डेमिक र सेमी कन्डक्टर अभावको समयमा पनि यति धेरै उपलब्धि हासिल गर्नु निसानका लागि महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ । यही उपलब्धिका लागि निसान इन्डिया अपरेसनले कम्पनीको ग्लोबल प्रेसिडेन्ट्स अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ । 

सुझावित समाचार