भिजेको मल अझै नष्ट गरिएन

शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनले तेस्रो मुलुकबाट आयात गर्दा भिजेको मल अझै नष्ट गरिएको छैन । गत १८ असोजमा सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको १२ सय २५ टन भिजेको डिएपी मल भन्सार कार्यालयले जाँचपास नगरेपछि बन्दरगाहमै अलपत्र राखिएको भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

काम नलाग्ने अवस्थामा आइपुगेका मल नष्ट गर्न उपस्थित हुन पत्राचार गरिएकोमा कोही नआएकाले अलपत्र अवस्थामा खुला आकाशमा राखिएको उनले बताए । उनका अनुसार ‘भन्सार ऐनअनुसार भिजेको मल नष्ट गर्न सम्बन्धित पक्षको उपस्थिति हुनुपर्ने र त्यतिवेला मुचुलका पनि तयार गर्नुपर्छ ।’

गत वर्ष साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । १८ असोजमा आइपुगेको २३ सय मेट्रिक टन डिएपी र भदौ पहिलो साता आइपुगेको २५ सय मेट्रिक टन डिएपी मल भिजेको थियो । 

See More On

सुझावित समाचार